वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

सारांश

  • सिरहा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ ।
  • सिरहाको नरहा गाउँपालिका–३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो ।
  • वडा अध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाइ छ ।

 

१४ फागुन,  सिरहा । सिरहा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ । सिरहाको नरहा गाउँपालिका–३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो ।

वडा अध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाइ छ । सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०/८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५–०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नै नक्कली आमा/वुवा बनाई सिफारिसमा सनाखतका लागि बसेको स्थानीयहरु बताउँछन् । तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोराको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सही गरिदेउ भनेकाले सही गरिदिएको थिएँ उनले मेरै छोरा वनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन ।’

एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरु बुवा आमा बनेको र सबै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दावी गरे ।नागरिकता सिफारिस र अन्य अन्य तारतम्य मिलाउन अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनले भने, ‘वडा अध्यक्ष अन्सारीले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिलाएर नागरिकता बनाइदिएको हो ।’ वडा अध्यक्ष अन्सारीले त्यसदिन कार्यालयमा भीडभाड भएकाले भुलचुकमा त्यस्तो हुन गएको बताए । उनले भने, ‘त्यसदिन कार्यालयमा अलि भीडभाड थियो, सचिवले मलाई कागजदिए, मैले पनि धेरै ख्याल नगरी सहि गरेर पठाइदिए ।  भुलचुकका कारण हुन गएको हो ।’

सचिव मण्डलले भने,‘नागरिकता सिफारिसमा अध्यक्षले लगाएको तोक आदेशको आधारमा कागजपत्र मिलाएको हो । मलाई यहाँ कसको छोरो को हो भन्ने कसरी जानकारी  हुन्छ । मेरो यसमा कुनै दोष छैन ।’ जिल्ला प्रशासन कार्यालय सिरहाबाट २०८० असार २६ गते मोस्ताकको नाममा जारी १५०१८०–४३६२ नम्वरको नागरिक्ता बनेको करिब दशदिन पछि नै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा तत्कालिन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाइ सत्यतथ्य बुझी आवश्यक कारवाही गर्ने भनी तोक आदेश गरेको थिए । तर, आर्थिक प्रभाव र राजनितिक दवावका कारण अहिले सम्म दोषी उपर कुनै प्रकारको कानुनी कारवाही अगाडि बढाएको छैन्।

स्थानीयले जिल्ला प्रशासन कार्यालय सिरहाबाट मोसताक मियाँ नामका भारतीय व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरिएको बारे जानकारी गराउँदा समेत जिल्ला प्रशासन कार्यालयले हालसम्म कुनै चासो नदेखाउनुले पनि तलदेखि माथिसम्मको  सबै मिलेमतो रहेको आशंका गरिएको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक जिल्ला अधिकारी तेजराज बरालसँग बुझ्दा उनले यो घटना आफ्नो नोटिसमा नरहेको बताए । उनले भने, ‘यो विषय मेरो नोटीसमा छैन, म बुझेर तपाइँलाई जानकारी गराउँला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको जनजीवन सामान्य हुँदै
वीरगञ्जको जनजीवन सामान्य हुँदै
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
गृहमन्त्री अर्यालको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने
गृहमन्त्री अर्यालको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने