छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
२९ पटक हेरिएको
Shares
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सारांश

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएका छ ।
  • रूपन्देही सैनामैना नगरपालिका-९ स्थित सडकमा लु.
  • प्र.

 

१ मंसिर, काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएका छ । रूपन्देही सैनामैना नगरपालिका-९ स्थित सडकमा लु.प्र.०१-००३ प ००६९ नम्बरको स्कुटर र लु.१ ज ४९१५ नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-११ कुलचन्द्र पथ बस्ने ५० वर्षीय होम बहादुर छन्तेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा, मेचीनगर नगरपालिका-१० टिकापुरस्थित सडकमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प ३१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बागलुङ, ताराखोला गाउँपालिका-४ हिले खोलास्थित सडकमा दोगाडिबाट तिनचुलीतर्फ जाँदै गरेको ग.९ प ९०१५ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ रानिबास बस्ने १९ वर्षीया करिस्मा घर्तीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागीरी अस्पताल बागलुङ हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेनेपालगंज उपमहानगरपालिका-१० आदर्शनगरस्थित सडकमा जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको युपि ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२ घरबारी टोल बस्ने ४० वर्षीय कुमार श्रीवास्तवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-२ भाङबारीस्थित सडकमा बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना-२७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक तनहुँ देवघाट गाउँपालिका-२ नरम बस्ने २१ वर्षीय विकाश थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुर चाँगुनारायण नगरपालिका-५ पिखेलस्थित सडकमा चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना.२ त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय हरी गोबिन्द सुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ५ जना मध्ये १ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
४४ देशका लागि संसदीय मैत्री समूह गठन
४४ देशका लागि संसदीय मैत्री समूह गठन
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
जनकपुरको लक्ष्य शीर्ष दुई, चितवनलाई जित्नैपर्ने दबाब
जनकपुरको लक्ष्य शीर्ष दुई, चितवनलाई जित्नैपर्ने दबाब
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै