बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १९, २०८१
|
|
४० पटक हेरिएको
Shares
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् ।
  • शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए ।
  • ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो ।

१९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए । ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने । ओलीले बजेटमा यो गम्भीर त्रुटि रहेको भन्दै यस विषयमा संसदमा खुलस्त छलफल गर्ने बताए । सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनले बताए । ‘हामी बजेटलाई समर्थन गर्छौं र पारित गर्छौं । यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन’, उनले भने ‘…यदि एउटालाई अनुकुल अर्कोलाई प्रतिकुल भयो भने त्यो कुरा भन्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
मर्स्याङ्दीमा २७ जनाले  गुमाए ज्यान,  घाइते १६ जनालाई ल्याइयो काठमाडौँ
मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ