विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
५३ पटक हेरिएको
Shares
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

सारांश

  • आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।
  • नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
  • मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए ।

१६ चैत, धनगढी ।

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए । चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन् । भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरेका छन् । अडियोमा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनी बताउँछन् । प्रदेशका मुख्यमन्त्रीकाव उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबी समेत गरिएको छ ।

सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ । तर, मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए । अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ । उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारवाही भोग्न तयार रहेको बताए । मन्त्री चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलको षड्यन्त्रको सिकार आफूलाई बनाइएको दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
रौतहटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
रौतहटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ