सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
४७ पटक हेरिएको
Shares
स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन

सारांश

  • रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै गरेको अवस्थामा सुन बरामद गरेको खुलेको छ ।
  • जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो ।
  • रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन् ।

 

४ जेठ, काठमाडौं ।

रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै गरेको अवस्थामा सुन बरामद गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो । रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन् । थप जाँच भइरहेको भन्दै परिमाण खुलाएनन् । यद्यपि, नेपाल प्रहरी उच्च स्रोतले भने रसुवामा ७ किलो ६५३ ग्राम सुन बरामद भएको पुष्टि गरेको छ । स्रोतका अनुसार, सुनसहित एक जना व्यक्ति समेत पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको भन्दै उनको नाम खुलाइएको छैन ।

‘ड्राइभर बस्ने ठाउँमा माथि पट्टी फल्स बटम बनाएर सुन ल्याएको खुलेको छ’, स्रोतले भन्यो, ‘सुराकीका आधारमा जाँच गर्दा सुन भेटिएको हो ।’रसुवा प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि बरामद गरेको छ । सुनका विस्कुटहरुलाई थप जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ । विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
भरुवा बन्दुकसहित एक जना पक्राउ
भरुवा बन्दुकसहित एक जना पक्राउ
महेन्द्रनगरमा राजनीतिज्ञ र व्यवसायीबीच फुटबल, राजनीतिज्ञ विजयी
महेन्द्रनगरमा राजनीतिज्ञ र व्यवसायीबीच फुटबल, राजनीतिज्ञ विजयी
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
सेयर बजारका सबै सूचक घटे, कारोबार खस्कियो
सेयर बजारका सबै सूचक घटे, कारोबार खस्कियो
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ