शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
५४ पटक हेरिएको
Shares
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए

सारांश

  • सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०८० शिक्षकको हकहितमा नभएको भन्दै माइतीघरमा शिक्षकहरुले विधेयक जलाएका छन् ।
  • राहत शिक्षकहरुले संसदमा दर्ता भएको शिक्षा विधेयकले शिक्षकहरुको अधिकार कुण्ठित गर्ने गरी आएको भन्दै विधेयक जलाएर सांकेतिक बिरोध जनाएका हुन् ।
  • नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सामुदायिक विद्यालयमा कार्यरत देशैभर ४० हजार राहत शिक्षकको हक अधिकार कुण्ठित गर्नेगरी सरकारले विधेयक ल्याएकोले जलाउन बाध्‍यता आइपरेको बताए ।

२९ भदौ, काठमाडौं। सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०८० शिक्षकको हकहितमा नभएको भन्दै माइतीघरमा शिक्षकहरुले विधेयक जलाएका छन् ।

राहत शिक्षकहरुले संसदमा दर्ता भएको शिक्षा विधेयकले शिक्षकहरुको अधिकार कुण्ठित गर्ने गरी आएको भन्दै विधेयक जलाएर सांकेतिक बिरोध जनाएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सामुदायिक विद्यालयमा कार्यरत देशैभर ४० हजार राहत शिक्षकको हक अधिकार कुण्ठित गर्नेगरी सरकारले विधेयक ल्याएकोले जलाउन बाध्‍यता आइपरेको बताए ।

उनले विगतमा गरेका सम्झौता विपरीत मस्यौदा ल्याइएको भन्दै आफूहरुलाई मान्य नहुने बताए । अधिकारीले भदौ २७ गते विधेयक संसदमा दर्ता भएको भन्दै सो दिन आफूहरुको लागि कालो दिन भएको बताए । अधिकारीले भने, ‘हामी सामुदायिक विद्यालयमा कार्यरत देशैभर ४० हजार राहत शिक्षक छौँ । तर, सरकारले २० हजार शिक्षकलाई विस्थापित गर्ने गरि विधेयक ल्याएको छ । त्यसैले विधेयकको विरोधमा हामीले यो ड्राफ्ट जलाउदैछौँ । सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले राहत शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री
सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई
चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई
मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
भारतले उचाल्यो एसिया कपको उपाधि
भारतले उचाल्यो एसिया कपको उपाधि
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
ग्रीनसिटी अस्पतालमा तोडफोड, फार्मेसी सञ्चालक पक्राउ
ग्रीनसिटी अस्पतालमा तोडफोड, फार्मेसी सञ्चालक पक्राउ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन