संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त

सारांश

  • नेकपा एमालेका सांसद रघुजी पन्तले संविधान शंसोधन अपरिहार्य भएको बताएका छन् ।
  • शनिबार संविधान संशोधन सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा संविधान शंसोधन नभए संविधान नै नबाँच्ने उनको भनाइ थियो ।
  • उनले भने, ‘संविधान शंसोधन गर्नुपर्छ ।

 

३ फागुन,  काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संविधान शंसोधन अपरिहार्य भएको बताएका छन् । शनिबार संविधान संशोधन सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा संविधान शंसोधन नभए संविधान नै नबाँच्ने उनको भनाइ थियो ।

उनले भने, ‘संविधान शंसोधन गर्नुपर्छ । किनभने संविधान निर्माण गरिरहेका बेला माओवादी एउटा निर्णायक शक्तिका रुपमा थियो । त्यो बेला संविधानमा रहेका असन्तुष्टि र असहमतिहरु अहिले आएर व्यक्त हुन थालेका छन् । नेपालमा जुन संविधान शंंसोधन भएको छैन शंसोधन नभएको संविधान बाँचेको इतिहास छैन् । समय अनुसार परिवर्तन हुनुपर्छ । संविधानलाई बचाउन पनि समयअनुसार परिवर्तन गरेर शंसोधन गर्नैपर्छ ।’ साथै उनले संविधान शंसोधन हुने कुरा त्यति सहज नभएको बताए । उनले अध्यादेशलाई नै लिएर संसदमा विरोध भइरहेकाले संविधान त्यति सहजताका साथ संशोधन नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?