सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २५, २०८३
|
|
१९० पटक हेरिएको
Shares
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित

सारांश

  • स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ ।
  • नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो ।
  • नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.

 

२५ भदौ, काठमाडौं ।

स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६-४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६-४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९-५ हुँदै १४७ रनमा अलआउट नै भयो । ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिए । नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ । सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण
यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
वीरगञ्जको जनजीवन सामान्य हुँदै
वीरगञ्जको जनजीवन सामान्य हुँदै