विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
२५ पटक हेरिएको
Shares
विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो

सारांश

  • अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ ।
  • बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।
  • यसलाई २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाहरू मध्ये एक भनिएको छ ।

२१ माघ,  वासिङ्टन डिसी । अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ । बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।

यसलाई २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाहरू मध्ये एक भनिएको छ । दुर्घटनामा मृत्यु भएका थप यात्रुको शव खोज्न गोताखोरहरू अझै पनि लागिरहेको वासिङ्टन डिसी अग्नि तथा आपत्कालीन चिकित्सा सेवा (ईएमएस)का प्रमुख जोन डोनेलीले बताए । उद्धारकर्मीहरूले चाँडै नै पोटोम्याक नदीबाट भग्नावशेष हटाउने तयारी गरिरहेका छन् । विमानका बाँकी भागहरू ट्रकमा लोड गरेर अनुसन्धानको लागि ह्याङ्गर (विमान राख्ने ठाउँ)मा लगिनेछ ।

बुधबार अमेरिकन एयरलाइन्सको विमान र सैन्य ब्ल्याक हक हेलिकप्टर ठोक्किएको ठाउँमा धेरै मानिसहरू बसबाट आएका थिए । संघीय अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । यस्तै उद्धार टोलीहरूले विमानका टुक्राटाक्री निकालिरहेका छन् । उक्त जहाज दुर्घटनामा ६७ जनाको मृत्यु भएको भनिएपनि हालसम्म ५५ जनाको शव फेला परेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
सुरु भयो तिहार, आज धनतेरस मनाईदै
सुरु भयो तिहार, आज धनतेरस मनाईदै
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै