विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो

सारांश

  • अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ ।
  • बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।
  • यसलाई २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाहरू मध्ये एक भनिएको छ ।

२१ माघ,  वासिङ्टन डिसी । अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ । बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।

यसलाई २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाहरू मध्ये एक भनिएको छ । दुर्घटनामा मृत्यु भएका थप यात्रुको शव खोज्न गोताखोरहरू अझै पनि लागिरहेको वासिङ्टन डिसी अग्नि तथा आपत्कालीन चिकित्सा सेवा (ईएमएस)का प्रमुख जोन डोनेलीले बताए । उद्धारकर्मीहरूले चाँडै नै पोटोम्याक नदीबाट भग्नावशेष हटाउने तयारी गरिरहेका छन् । विमानका बाँकी भागहरू ट्रकमा लोड गरेर अनुसन्धानको लागि ह्याङ्गर (विमान राख्ने ठाउँ)मा लगिनेछ ।

बुधबार अमेरिकन एयरलाइन्सको विमान र सैन्य ब्ल्याक हक हेलिकप्टर ठोक्किएको ठाउँमा धेरै मानिसहरू बसबाट आएका थिए । संघीय अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । यस्तै उद्धार टोलीहरूले विमानका टुक्राटाक्री निकालिरहेका छन् । उक्त जहाज दुर्घटनामा ६७ जनाको मृत्यु भएको भनिएपनि हालसम्म ५५ जनाको शव फेला परेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो
कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै
गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो
गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...