आरुघाटमा बेलीब्रिज सञ्चालनमा, यात्रुलाई सहज

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ३, २०८३
|
|
६७ पटक हेरिएको
Shares
आरुघाटमा बेलीब्रिज सञ्चालनमा, यात्रुलाई सहज

सारांश

  • गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
  • नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ ।
  •  नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ।

२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ।

२७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। हाल पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न खुला गरिएको छ। ठूला सवारीसाधन भने सञ्चालनमा आइसकेका छैनन्।

बूढीगण्डकी नदीमा आएको बाढीले यसअघि रहेको पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। बेलीब्रिज निर्माण भएसँगै नदी वारपार गर्न सहज भएको छ।

बूढीगण्डकी नदीमा गत असोज २५ गते बिहानपख आकस्मिक बाढी आएको थियो । सोही बाढीले आरुघाटको पक्की पुल बगाएको थियो । पुल बगाएको ९ दिनमै सम्पन्न भएको हो ।

असोज ३१ गतेदेखि सुरु भएको निर्माण कार्य आज सम्पन्न भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- मार्गप्रशस्त गर्नु राम्रो हुन्छ
गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- मार्गप्रशस्त गर्नु राम्रो हुन्छ
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट
वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...