देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
४९ पटक हेरिएको
Shares
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

सारांश

  • सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
  • पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।
  •   संसद् भवन नयाँ बानेश्वरस्थित लोल्से हलमा दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट तयारी तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि गहन छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

३ जेठ, काठमाडौँ ।

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।  संसद् भवन नयाँ बानेश्वरस्थित लोल्से हलमा दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट तयारी तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि गहन छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

वर्तमान सत्रको संसद् गतिविधि, बजेट प्रस्तुतिका तयारी, सरकारको नीति तथा कार्यक्रमसँग सम्बन्धित रणनीतिमा पनि बैठकमा धारणा तय गरिने जनाइएको छ । बैठकमा कांग्रेसका सबै सांसदलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी जेठ १५ गते प्रस्तुत हुँदैछ । त्यसको सन्दर्भमा कांग्रेसले आफ्नो नीति, प्राथमिकता र रणनीतिक धारणा तयार पार्ने उद्देश्यसहित बैठक आयोजना गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
आज गौरापर्व मनाइँदै, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा
आज गौरापर्व मनाइँदै, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा
रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै