मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
२४९ पटक हेरिएको
Shares
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण

सारांश

  • कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ ।
  • नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।
  • चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल र २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो ।

२८ चैत, काठमाडौँ ।

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो । चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल र २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो ।

यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वषको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको हो । गत आर्थिक गत वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धानको २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो । सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
बालुवाटारमा जुटेन दलहरूबिच सहमति
बालुवाटारमा जुटेन दलहरूबिच सहमति
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत