निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह

सारांश

  • निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन नेपाल उद्योग परिसंघ आग्रह गरेको छ ।
  • देशभर भएको जेनजीको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गर्दै निजी क्षेत्र र यसका लगानीको सुरक्षा दिन आग्रह गरेको छ ।
  • सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ ।

२७ भदौ, काठमाडौं ।

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन नेपाल उद्योग परिसंघ आग्रह गरेको छ । देशभर भएको जेनजीको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गर्दै निजी क्षेत्र र यसका लगानीको सुरक्षा दिन आग्रह गरेको छ । सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ । विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएका छौं । यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध छ ।

आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएकोतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहेकाे उल्लेख छ । औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भिर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ । लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघ आग्रह गर्दछ ।

सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुननिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघ आग्रह गर्दछ । कोभिड १९ र तत्पश्चात लिइएका नियामकीय प्रावधानका कारण करिब तीन वर्ष अर्थतन्त्रले निकै चुनोतीपूर्ण अवस्थाको सामना गर्नु परेको थियो । हालको परिस्थितिमा सहज रुपमा उद्योग व्यवसाय संचालन हुन नसकेमा अर्थतन्त्रको चक्रमा नै असर परी समग्र अर्थतन्त्रको विकास एवं सरकारको राजश्व प्रभावित हुन सक्ने भएकाले समयमै उचित वातावरण बनाउन परिसंघले सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेको छ ।

अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य समेत हुन आउँछ । नयाँ पुस्ताले चाहेको आकांक्षालाई मूर्तरुप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भिर प्रयत्नशील बन्नुपर्ने हाम्रो बुझाई छ । युवा पुस्ताको चाहनालाई सफल बनाउन निजी क्षेत्रले आफ्नोतर्फबाट शसक्त रुपमा प्रयत्न गर्ने प्रतिबद्धता विहिबार साँझ सम्पन्न परिसंघको राष्ट्रिय परिषद बैठकले गरेको जानकारी समेत सीएनआइले गराएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
बाँकेको नेपालगञ्जमा कर्फ्यु
बाँकेको नेपालगञ्जमा कर्फ्यु
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत
भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा