प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग

सारांश

  • नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित गर्ने गरी कानुन बनाइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद राजेन्द्रकुमार केसीले उड्डयन क्षेत्र सुरक्षित गर्न कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक आएको बताए ।
  • बैठकमा सांसद एकनाथ ढकालले प्राधिकरण सेवा प्रदायक र नियमनकारी दुवै निकायका रुपमा काम गरिरहेकामा यो विधेयकपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताए ।

 

१५ वैशाख, काठमाडौँ ।

नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित गर्ने गरी कानुन बनाइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद राजेन्द्रकुमार केसीले उड्डयन क्षेत्र सुरक्षित गर्न कानुनी व्यवस्था आवश्यक भएकाले विधेयक आएको बताए ।

बैठकमा सांसद एकनाथ ढकालले प्राधिकरण सेवा प्रदायक र नियमनकारी दुवै निकायका रुपमा काम गरिरहेकामा यो विधेयकपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताए । यसबाट उड्डयन क्षेत्रमा सुधार हुने उनको विश्वास थियो । सांसद प्रेम सुवालले मन्त्रालयअन्तर्गतको संस्था स्वायत्त हुन नसक्ने भएकाले विधेयकमा स्वायत्त शब्द राख्न नहुने विचार राखे । कुन काम सरकारले गर्ने र कुन निजी क्षेत्रलाई दिने भन्ने प्रस्ट हुनुपर्ने उनको विचार थियो । सौर्य एयर दुर्घटना हुँदा त्यसको सत्यतथ्य सार्वजनिक नभएको सांसद सुवालले सुनाए । सांसद शिशिर खनालले नियामक र सेवाप्रदायक फरक निकाय हुने व्यवस्थाले स्वार्थको द्वन्द्व नभएर व्यवस्थित हुने विचार राखे । विधेयकमा जवाफदेही हुने नदेखिएकाले त्यसलाई मिलाइनुपर्ने उनको भनाइ थियो । सार्वजनिक पारदर्शिता र सुरक्षाको विषयलाई पनि सुनिश्चित गर्न पनि सांसद खनालले माग गरे । सांसद रोशन कार्कीले सञ्चालक समितिमा सरकारको नियन्त्रणले फेरि संस्थालाई राम्रो नगर्ने भएकाले खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गनुपर्ने विचार राखिन् । सांसद उदयशम्शेर जबराले दुर्घटना हेर्ने छुट्टै निकायको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

सांसद रञ्जुकुमारी झाले यसअघिको सौर्य एयरको दुर्घटना जानी बुझी भएको जस्तो देखिएकाले वायु सेवा र नागरिक उड्डयन प्राधिकरण छुट्टा छुट्टै निकाय बनाएपछि सुधार हुने आशा गरिएको बताइन् । सांसद दुर्गा राईले आइतबार सेवा प्रदायक निकायको विषयमा र आज नियमनकारी निकायका बारेमा भइरहेको छलफलले अन्तरराष्ट्रियस्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी कार्यान्वयनमा जानुपर्ने बताइन् । सांसद बिमला सुवेदीले युरोपियन युनियन र आइकाओको सुरक्षा संवेदनशीलताको चासोका बारेमा विधेयकमा केही उल्लेख नगरिएको बताइन् । सांसद दामोदर पौडेल बरागीले दुर्घटना भएपछि कार्यदल बन्ने प्रतिवेदन आउने तर कार्यान्वयन नहुने विषयलाई विधेयकले केही गर्न खोजेको बताए । सांसद शिव नेपालीले नेपालको हवाई यातायातलाई नयाँ उचाइमा लैजान विधेयकले सहयोग गर्ने बताए । सांसद अमरेशकुमार सिंहले नेपालका नियामक निकाय सबै अपारदर्शितामा चलेकाले समस्या भएको बताए । अपारदर्शिताकै कारण समस्या आएकाले त्यसको समाधानमा पनि ध्यान दिन उनले अनुरोध गरे । सांसद लक्ष्मी तिवारीले नेपाल विश्वमा नागरिक उड्डयन क्षेत्रमा सुरक्षित छ भन्ने सन्देश दिने गरी विधेयक परिमार्जित गरिनुपर्ने बताइन् ।

 

सांसद जीवन परियारले नेपालको आकाश किन असुरक्षित भन्ने अन्तरराष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रुप दिनुपर्ने बताए । यो विधेयकलाई सकेसम्म प्रतिनिधिसभामै रोक्ने र नसके राष्ट्रियसभामा जान नदिने गरी षड्यन्त्र भइरहेकाले सचेत हुनुपर्ने बताए ।सांसद रामकृष्ण यादवले नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि यो विधेयकले सहयोग गर्ने विश्वास गरे । सञ्चालक समितिको अध्यक्ष मन्त्रीबाहेक अरू कोही हुने व्यवस्था गरिनुपर्ने उनको विचार थियो । सांसद रणेन्द्र बरालीले उड्डयन क्षेत्रमा राम्रो गर्नेहरु पदमा धेरै नटिक्ने गरेकाले कानुनसँगै यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए । सांसद नैनकला थापाले कानुनी व्यवस्थासँगै अप्ठ्यारोमा परेका सेवाग्राहीले विषयलाई सार्वजनिक गरेमात्र सुधार हुने विचार राखिन् । सांसद सुनिता बरालले यो विधेयक यसअघि राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामै नआएकाले अहिले पनि त्यस्तो हुने वातावरण आउन नदिनेतर्फ ध्यानाकर्षण गराइन् । शङ्काको सुविधालाई न्यूनीकरण गरी जवाफेहितालाई प्रवद्र्धन गर्ने विषय पनि विधेयकमा समेट्नुपर्ने उनको विचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ
पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल