शेखर–गगन समूहले माग्यो ४ मन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
शेखर–गगन समूहले माग्यो ४ मन्त्री

सारांश

  • नेपाली कांग्रेसको शेखर–गगन समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।
  • विशालनगरस्थित डा.
  • शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार भएको समूहको छलफलमा कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने विषयमा नेताहरू एकमत भएको अर्जुननरसिंह केसीले जानकारी दिए ।

 

३० असार, काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।

विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार भएको समूहको छलफलमा कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने विषयमा नेताहरू एकमत भएको अर्जुननरसिंह केसीले जानकारी दिए । एमालेसँग मिलेर सरकार गठन गर्दा कांग्रेसले १० वटा मन्त्रालय पाउँदा ४ वटा आफूहरूले पाउनुपर्ने मत बनेको केसीले जानकारी दिए । ‘कांग्रेसले पाउने १० मन्त्रालयमा सामूहिक र उचित ढंगले निर्णय गर्नुपर्छ भन्ने हाम्रो मत छ,’ केसीले भने, ‘कांगेसले १० मन्त्रालय पाउने स्थितिमा ४ वटा हाम्रो समूहले पाउनुपर्छ भन्ने समान मत बनेको छ । सभापतिले नाम मागेपछि आफ्नो समूहले बुझाउने उनले बताए । आफ्नो पक्षबाट सांसद जीवन परियारको नाम टुंगिएको उनले जानकारी दिए । ‘उहाँ यस अघिदेखि दाबेदार हो । समुदायको प्रतिनिनिधित्वको हिसाबले पनि जीवनजी यसपटक छुट्नु हुन्न,’ केसीले भने । परियारबाहेक यसपटक चन्द्र भण्डारी पनि समूहबाट मन्त्रीका लागि अर्का बलिया दाबेदार हुन् ।

कांग्रेसको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले समावेशीता, भूगोल र योगदानकालाई आधार बनाउँदै मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो । कांग्रेसमा संस्थापनबाट प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा मन्त्री बन्ने पक्काजस्तै भइसकेको छ । लेखकले गृह र आरजुले र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।  यो समूहले ४ वटा मन्त्रालय दाबेदारी गरे पनि संस्थापन २ देखि ३ वटा मन्त्रालय दिने तयारी गरेको छ । बैठकले अहिलेको स्थिति चुनौतीपूर्ण रहेको भन्दै दुई ठूला दल मिलेर बनाउने सरकारले जनताको विश्वास जित्न सक्नुपर्ने निर्णय पनि गरेको छ । ‘अहिलेको स्थिति चुनौतीपूर्ण हो तर सँगै अवसर पनि छ ।

दुई ठूला पार्टी एक ठाउँमा बस्नु भनेको मौका पनि हो,’ केसीले भने, ‘सम्पूर्ण हिसाबले पार्टी एकताबद्ध भएर नागरिकले खोजेको उपलब्धि हासिल गराउने बाटोमा हिँड्नुपर्छ ।’ शेखरले बोलाएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा समहामन्त्री बद्री पाण्डे र जीवन परियार सहभागी थिए । त्यस्तै नेताहरू अर्जुननरसिंह केसी, ​बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल र चन्द्र भण्डारी सहभागी भएका थिए । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । भोलि ११ बजे उनको प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ
१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता