Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दसैँ सुरु भएसँगै मिथिलामा झिझिया नृत्यको रौनक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
दसैँ सुरु भएसँगै मिथिलामा झिझिया नृत्यको रौनक

सारांश

  • ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे, बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा बालक तोहर किछियो नै जनैछो हे ।
  • ’ ‘चल चल गे  डैनि कदम तर, तोहर बेटा के खैबौ बरहम तर’ ‘माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे’ यी र यस्तै मैथिली गीतसङ्गीतले यतिबेला मिथिला क्षेत्रमा रौनकता बढाएको छ ।
  • बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा रातिको बेला झिझिया नृत्य पनि सुरु भएको छ ।

 ८ आसोज, सर्लाही ।

‘तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे,
बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा बालक तोहर किछियो नै जनैछो हे ।’
‘चल चल गे  डैनि कदम तर, तोहर बेटा के खैबौ बरहम तर’
‘माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे’

यी र यस्तै मैथिली गीतसङ्गीतले यतिबेला मिथिला क्षेत्रमा रौनकता बढाएको छ । बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा रातिको बेला झिझिया नृत्य पनि सुरु भएको छ । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिला क्षेत्रमा झिझिया नृत्यको रौनक छाएको हो । सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रूपमा झिझिया नृत्य महोत्तरी लगायत मिथिलाञ्चलभरि नाच्ने गरिएको जलेश्वर नगरपालिका नगरपालिका–१ मा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकको भनाइ छ ।

उक्त नृत्यमा पूर्ण रूपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म गरिने देवी दुर्गा स्तुति दर्शाइन्छ । झिझियाको उद्देश्य समाजमा रहेका नकारात्मकबाट सन्तानको सुरक्षा गर्नु रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राय बताउछन् ।आफ्ना शाखासन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा छ । झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको जलेश्वर–८ का पण्डित अनिल पाठकको भनाइ छ ।

झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको निहित विशेष अर्थलाई सङ्केत गर्ने  मलंगवा -६  की महिला  सिला देवीको भनाइ छ । मिथिलामा झिझिया नृत्युको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्र नभई सहरमा समेत प्रचलनमा छ । वास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नेयोग्य हुन्छ । चार–पाँच वर्षका बालबालिकादेखि लिएर तरुणी र अधवैसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । टाउकोमाथि राखिएको घैटोँ र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो । राजु यादब सबिको साथ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन