च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
३० पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै

सारांश

  • पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुदैछ।
  • यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ।
  • अस्ट्रेलियाको टिम स्टिभ स्मिथ (कप्तान), सिन एबोट, एलेक्स केरी, बेन ड्वारशुइस, नाथन एलिस, जेक फ्रेजर म्याकगर्क, आरोन हार्डी, ट्रेभिस हेड, जोस इङ्ग्लिस, स्पेन्सर जोनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनवीर सघा, म्याथ्यू शर्ट र एडम जाम्पा।

१० फागुन,  आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन्। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुदैछ।

यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ। अस्ट्रेलियाको टिम स्टिभ स्मिथ (कप्तान), सिन एबोट, एलेक्स केरी, बेन ड्वारशुइस, नाथन एलिस, जेक फ्रेजर म्याकगर्क, आरोन हार्डी, ट्रेभिस हेड, जोस इङ्ग्लिस, स्पेन्सर जोनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनवीर सघा, म्याथ्यू शर्ट र एडम जाम्पा।

इङ्ग्ल्याण्डको टिम ,जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम ब्यान्टन, ह्यारी ब्रुक, ब्रायडन कार्से, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमुद, फिल साल्ट र मार्क वुड। दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन्। सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ। पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन्।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। फाइनल ९ मार्चमा हुनेछ। भारत फाइनल पुगेमा त्यो खेल युएईमा हुनेछ । त्यसबाहेकको अवस्थामा फाइनल पाकिस्तानमा हुनेछ । हिजो शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज
गोली चलाएर अभियुक्त नियन्त्रणमा
गोली चलाएर अभियुक्त नियन्त्रणमा
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ