भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली

सारांश

  •   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् ।
  • शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताए ।
  • उनले भने, ‘यति धेरै परिवर्तन भएको छ ।

२० मंसिर, काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् । शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताए । उनले भने, ‘यति धेरै परिवर्तन भएको छ । तैपनि केही मान्छे व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छन् । वितेको तीन महिनामा चाही परिवर्तन भयो कि । तीन महिनामा परिवर्तन भयो भनेर बौद्धिक व्यक्तित्वहरुको विश्लेषण र तर्क सुन्दा दया लाग्छ । जे होस प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यो प्रतिगमन देशका लागि दुर्भाग्यो थियो । यसलाई क्रान्ति भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता हो । आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैँन् ।’

यस्तै, उनले वर्तमान सरकार अनाधिकृत सरकार भएको भन्दै यस्तो सरकारको  सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास भएको बताए । उनले भने, ‘सरकार त्यसलाई चलाउने अधिकार छ जसलाई जनताबाट विश्वास गरिएको हुन्छ, निर्वाचनबाट निर्वाचित हुन्छ । त्यसपछि मात्रै शासन गर्ने अधिकार हुन्छ । गोरखामा राजाको पालामा दौडेर त राजा हुन्थे तर यहाँ त दौडिन पनि नपरिकन एकैचोटि गएर कुर्सी झ्याप्प समातेर थ्याच्च बस्या छ । र आफूलाई शासक घोषणा गरेको छ । यस्तो अनाधिकृत सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास हो ।’

अब देशको प्रतिष्ठा फेरि माथि उठाउनुपर्ने छ, देश बद्नाम हुनेगरि होइन देशको मान माथि उठाउनेगरि काम गर्नुपर्ने भन्दै संविधानलाई बाटोमा ल्याउने र जनताबाट निर्वाचित हुने सरकार बनाउनेतर्फ अगाडि बढ्ने पनि उनको भनाइ छ । आफू पुरानो हुने तर आफूभन्दा साढे तीन महिना कान्छी चुनाव नलडि प्रधानमन्त्री हुने भन्दै यो कुनै जेनजी र परिवर्तनको सरकार नभएको तर्क गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि धावनमार्गबाट फर्काइयो
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह
पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु
पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु