प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स

सारांश

  • काठमाडौँ महानगरपालिकाले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ ।
  • कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ ।
  • आज प्रदर्शनमा उत्रिएका  जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि केहीको मृत्यु भएको छभने थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

२३ भदौ, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ । कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ । आज प्रदर्शनमा उत्रिएका  जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि केहीको मृत्यु भएको छभने थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

धेरैजसो घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाँकालस्थित ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतमा उपचार भइरहेको छ । अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शय्या अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि कामपाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा आवश्यकताअनुसार बिरामीलाई अस्पतालसम्म लैजाने काम गरिरहेको बताए।

अस्पताल जानका लागि मात्रै होइन आवश्यकताअनुसार बिरामीको उपचार खर्चसमेत ब्यहोर्ने कामपाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शङ्खमुख क्षेत्रमा कुफ्र्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी नै राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं
कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल
ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल