मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताएका छन् ।
  • मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन् ।
  • मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताएका छन् । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन् ।

मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । ‘बाढी पछिको हेलम्बु र मेलम्चीको पुनःनिर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,’ उनले भने । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो । सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरिने मन्त्री खड्काले बताए ।

पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्वपूर्ण भएको उनले बताए ।वि.सं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो । उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालगायतको टोलीले आज स्थलगत निरीक्षण गरेको हो । मन्त्री खड्कालाई स्थानीयले पुनःनिर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृ*त्यु
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधिर यादवलाई केन्द्रीय मान्यता
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
एनपीएलको अक्सन आज हुदै
एनपीएलको अक्सन आज हुदै
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई