चीनमा ट्रम्प र सीबिच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
३८९ पटक हेरिएको
Shares
चीनमा ट्रम्प र सीबिच भेटवार्ता

सारांश

  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेइजिङको ग्रेट हल अफ द पिपलमा चीनका राष्ट्रपति सी चिनफङसँग भेटवार्ता गरेका छन्।
  • ट्रम्पलाई स्वागत गर्न सी आफैँ आएका थिए।
  • अनि दुई नेताले हात मिलाए र ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरियो।

 

३१ वैशाख, काठमाडौं ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेइजिङको ग्रेट हल अफ द पिपलमा चीनका राष्ट्रपति सी चिनफङसँग भेटवार्ता गरेका छन्। ट्रम्पलाई स्वागत गर्न सी आफैँ आएका थिए। अनि दुई नेताले हात मिलाए र ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरियो। दुई नेताबिच भेटवार्ता सुरु भएको छ। यो भेट अमेरिका र चिनबिचको सम्बन्ध, व्यापार र प्रविधिमा जारी तनावमा विश्वको ध्यान केन्द्रित  भएका बेला भएको हो।

भ्रमणको सबैभन्दा ठूलो चर्चाको विषय बोइङ विमान सम्झौता हो। मिडिया रिपोर्टहरूले चीनले अमेरिकी कम्पनी बोइङसँग लगभग ९ लाख करोडको विमान खरिदका लागि सम्झौता गर्न सक्ने अनुमान गरेका छन्।  यदि उक्त सम्झौता भयो भने यो विश्वको सबैभन्दा ठुलो उड्डयन सम्झौतामध्ये एक हुनेछ। व्यापार, शुल्क, अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई) र ताइवानजस्ता मुद्दामा पनि बैठकमा छलफल गरिनेछ। हालैका वर्षहरूमा दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ, यसैले यो भेटवार्ता अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?