Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवि लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
रवि लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

सारांश

  •   उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ  ।
  • उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।
  • सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सात जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेस गर्न अदालतको आदेश छ ।

 

८ माघ,  काठमाडौँ।  उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ  । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सात जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेस गर्न अदालतको आदेश छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

२५ पुस, २०८१ मा जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर समूह मिलेर अपचलन गरेको आरोपमा उनीसहित सात जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह
विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
सडक यात्रापछि घरदैलोमा फर्किए बालेन
सडक यात्रापछि घरदैलोमा फर्किए बालेन
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
आफ्नै भाइको हत्या आरोपमा दाइ पक्राउ
आफ्नै भाइको हत्या आरोपमा दाइ पक्राउ
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव
निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन