रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ७, २०८१
|
|
४० पटक हेरिएको
Shares
रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन

सारांश

  • पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्तामा पनि अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो।
  • लामिछानेविरुद्ध तीन कसूरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्।
  • उनका अनुसार लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको हो।

७ पुस, पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्तामा पनि अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो।

लामिछानेविरुद्ध तीन कसूरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्। उनका अनुसार लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको हो। मुद्दाको अन्तिम किनारा नलाग्दासम्म लामिछानेको सांसद पद निलम्बन हुने भएको हो। सम्पत्ति शुद्धीकरण ऐन (मनी लाउण्डरिङ) निवारण ऐनमा भनिएको छ,

‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ।’ रास्वपाका सभापति लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा लामिछानेकी श्रीमती निकिता पौडेलको नाममा रहेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टीको घोषणा
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टीको घोषणा
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने