प्रतिनिधिसभाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
९४ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै

सारांश

  • प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ ।
  • बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ।
  • बैठकमा अर्थमन्त्री डा.

 

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद खडकबहादुर बुढाले राखेको अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद नीता घतानीले दर्ता गराएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद आरन राईले राखेको अस्वीकृतिको प्रस्तावमाथि निर्णय गरिनेछ। त्यसपछि भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सम्बन्धमा सांसद कृपाराम रानाले दर्ता गराएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ
सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै
९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै
गुण्डुमा एमालेको सचिवालय बैठक सुरु
गुण्डुमा एमालेको सचिवालय बैठक सुरु
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड