विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
६७ पटक हेरिएको
Shares
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् ।
  •  शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
  •  वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन नसकिने उनको भनाइ छ ।

८ साउन, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् । वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन नसकिने उनको भनाइ छ । मुलुकको राजनीति बिग्रनुमा अरुलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै उनले आफूहरूले अपनाएका नीति, गतिविधि, व्यवहार, र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । ‘हामीले विभिन्न कालखण्डमा अंगालेका नीतिहरूको पनि समीक्षा गर्न जरुरी छ । शासनसत्तामा जाने बित्तिकै विदेशीका सामु झुक्नै पर्छ भन्ने हुँदैन आवश्यक छैन । दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ । आवाज बुलन्द गर्ने बित्तिकै युद्ध नै भइहाल्दैन ।

आफ्नो देशको हितको कुरा राख्ने बित्तिकै सम्बन्ध टुटिहाल्ने अवस्था हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसारमा धेरै अनुभवहरूबाट सिकेर अगाडि बढ्न सकिन्छ,’ उनले भने । सहसंयोजक नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने वामपन्थी दलहरूको नीति अनउपयुक्त रहेको टिप्पणी गरे । सहसंयोजक नेपालले विदेशीलाई खुसी पार्नकै लागि राष्ट्रहित विपरितका विषय समेत स्वीकार गरिएको उनको तर्क छ । ‘नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरूबाट वामपन्थीहरू पनि मुक्त छैनन् । वामपन्थीहरूले पनि आफ्नो भूमिका विगतमा खेलेको भुमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ । कहाँ हामी चुक्यौं ? अरुलाई आरोप मात्र लगाएर पुग्दैन,’ उनले भने, ‘हाम्रा सोचहरूमा, नीतिहरूमा, गतिविधिहरूमा, व्यवहारहरूमा, जीवनशैलीहरूमा, हाम्रो जनसम्पर्कहरूमा कहाँ–कहाँ त्रुटीहरू रहे यी सबै कुरामा पनि आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता छ । त्यसो भएको हुनाले सबैभन्दा पहिले हामी खुला मनले बसेर छलफल गरौं ।’

अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्तिबाट त्यागेर देश र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने उनको भनाइ छ । ‘धेरै अतिवादी हुने कुरा पनि होइन । अर्कोतर्फत घुँडा टेक्ने र आत्मसमर्पणवादी पनि बन्ने होइन । सही नीति र दृष्टिकोण बोकेर देश र जनताको हितलाई केन्द्रबिन्दुरमा राखेर अगाडि बढ्नसक्यौँ भने मात्रै वास्तवमा कम्युनिष्ट आन्दोलाई नयाँ उचाईमा पर्‍ुयाउन सकिन्छ,’ नेपालले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?