६० वर्ष पुगे शाहरुख खान, फ्यानहरूले मनाए उत्सव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
६० वर्ष पुगे शाहरुख खान, फ्यानहरूले मनाए उत्सव

सारांश

  • शाहरुख खानले आइतबार आफ्नो ६०औँ जन्मदिन पूरा गरेका छन् ।
  • ‘बॉलीवुडका बादशाह’ को रुपमा चीनिने शाहरुखका फ्यानहरूले सधैं जस्तो यस वर्ष पनि मुंबईस्थित उनको निवास मन्नत बाहिरका सडकहरूलाई प्रेमको सागरमा परिणत गरेका थिए ।
  • फ्यानहरूले पोस्टर र ब्यानरमा ‘वि लभ यु शाहरुख’ र ‘जन्मदिनको शुभकामना किङखान’ लेखेर सडकमा घेराबन्दी गरेका थिए ।

१६ कात्तिक,मुंबई।

शाहरुख खानले आइतबार आफ्नो ६०औँ जन्मदिन पूरा गरेका छन् । ‘बॉलीवुडका बादशाह’ को रुपमा चीनिने शाहरुखका फ्यानहरूले सधैं जस्तो यस वर्ष पनि मुंबईस्थित उनको निवास मन्नत बाहिरका सडकहरूलाई प्रेमको सागरमा परिणत गरेका थिए । फ्यानहरूले पोस्टर र ब्यानरमा ‘वि लभ यु शाहरुख’ र ‘जन्मदिनको शुभकामना किङखान’ लेखेर सडकमा घेराबन्दी गरेका थिए ।

उनको नामको जयजयकार र स्वरले मनत वरिपरि वातावरण उत्सवमय भएको थियो । धेरै फ्यानहरूले उनलाई केवल एक पटक मात्रपनि बाल्कोनीमा देख्न आशा गर्दै हजारौं किलोमिटर यात्रा तय गरेर आएका थिए । कोलकाताबाट आएका उनका एक समर्थकले ३३ घण्टा लामो रेल यात्रा गरी यहाँ पुगेको बताए । उनले एएनआईसँग भने, ‘हामी कोलकाताबाट यहाँ आएका हौं । ३३ घण्टाको रेल यात्रा पछि पनि हाम्रो उद्देश्य एउटै छ – शाहरुखलाई देख्नु । हामी विश्वस्त छौं कि आज वा भोलि उनलाई देख्ने मौका पाउँछौं ।’ शाहरुख खानको यात्रा पनि प्रेरणादायक छ ।

दिल्लीमा जन्मेका उनले १९८९ मा टेलिभिजन सिरियल फौजी बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि सर्कस लगायतका शोमा देखा पर्नुभएपछि १९९२ मा फिल्म दिवानाबाट बलिउडमा प्रवेश गरे । यो फिल्मले उनलाई फिल्मफेयर अवार्ड समेत दिलायो । उनको जीवनको निर्णायक मोड आयो १९९५ मा रिलिज भएको दिलवाले दुल्हनिया ले जाएंगेबाट । राजको भूमिकामा उनले रोमान्सको नयाँ परिभाषा प्रस्तुत गरे र ‘किंग अफ रोमांस’ बने । त्यसपछिका वर्षहरूमा कभी खुशी कभी गम, स्वदेश, देवदास, माय नेम इज खान जस्ता फिल्महरूले उनको लोकप्रियता अझ बढाए ।६० वर्षको उमेरमा पनि शाहरुख खान फिल्म उद्योग र फ्यानको मनमा वर्चस्व कायम राख्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
टाउको बिनाको शव फेला
टाउको बिनाको शव फेला
दुई अर्ब ६१ करोड राजस्व सङ्कलन
दुई अर्ब ६१ करोड राजस्व सङ्कलन
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु