अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
५२ पटक हेरिएको
Shares
अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह

सारांश

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन महिनाभित्र हुने चुनावमा सहि ब्यक्तीलाई चुन्न आग्रह गरेका छन् ।
  • निर्वाचनबाट आएका सहि ब्यक्तीबाट चुनिएको नेतृत्व पनि सहि हुने उनको भनाइ छ ।
  • रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित जन्मोत्सव पार्कमा शुक्रबार तराई विकास तथा सञ्चार केन्द्रले गरेको कार्यक्रममा बोल्दै उनले देश परिवर्तनका लागि सहि ब्यक्ती र नेतृत्वको आवश्यकता रहेको बताए ।

२६ मंसिर, रौतहट ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन महिनाभित्र हुने चुनावमा सहि ब्यक्तीलाई चुन्न आग्रह गरेका छन् ।
निर्वाचनबाट आएका सहि ब्यक्तीबाट चुनिएको नेतृत्व पनि सहि हुने उनको भनाइ छ । रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित जन्मोत्सव पार्कमा शुक्रबार तराई विकास तथा सञ्चार केन्द्रले गरेको कार्यक्रममा बोल्दै उनले देश परिवर्तनका लागि सहि ब्यक्ती र नेतृत्वको आवश्यकता रहेको बताए ।

पूराना ब्यक्ती भन्दा पनि सहि ब्यक्ती राजनीतिमा आउन आवश्यक रहेको उनले औँल्याए । अबको तीन महिना भित्रमा चुनाव हुने दाबी गर्दै जेनजी आन्दोलनको परिवर्तनबाट नै अन्तरिम सरकार बनेको उल्लेख गरे । ‘आगामी दिनमा चुनावमा जानुपर्ने छ, उनले भने; ‘अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व आउँनुपर्छ ।’ कर्मचारी भएर काम गर्दा ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको दाबी गर्दै उनले मुलुक अँध्यारोबाट उज्यालोतर्फ अघि बढेको बताए ।
कर्मचारी भएर काम गरिसकेकाले देशमा परिवर्तन गर्नका लागि नै आफू राजनीतिमा होमिएको मन्त्री घिसिङले बताए ।

उनले आगामी निर्वाचनमा आफूहरूलाई विजयी गराए देशमा परिवर्तन आउने बताए । बारा, पर्सा र रौतहटको पूर्वाधार क्षेत्रमा भएको कामको अनुगमन समेत मन्त्री घिसिङले गरेका थिए । विविध समस्याका कारण पुल–सडकजस्ता महत्वपूर्ण पूर्वाधारहरू अधुरो रहने र जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले निर्माण व्यवसायीहरूले पनि समयमै काम नसकाएको आरोप लगाए । वर्तमान सरकार, शासन सुधार, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रणाली निर्माणका लागि प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं बस दु*र्घटनामा मृ*तकको संख्या ५ पुग्यो
काठमाडौं बस दु*र्घटनामा मृ*तकको संख्या ५ पुग्यो
अछाममा चट्याङ लागेर बालकको मृत्यु
अछाममा चट्याङ लागेर बालकको मृत्यु
वीरगन्जको नारायणी अस्पतालमा आगलागी  
वीरगन्जको नारायणी अस्पतालमा आगलागी  
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश