Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक

सारांश

  • पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ।
  • सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो।
  •  पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्।

१५ कार्तिक काठमाडौं। पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ।

सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो। पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो। यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। अक्टोबरमा भने पर्यटकको ‘फ्लो’ बढेको छ। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढ भएको बोर्डले जनाएको छ।

कोभिडअघि अर्थात् सन् २०१९ को अक्टाेबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए। त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए। तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।

कुन मुलुकबाट कति पर्यटक भित्रिए?

भारत : १८ हजार ४८०
अमेरिका : १४ हजार ८७९
बेलायत : ८ हजार २१७
चीन : ६ हजार ८८०
अष्ट्रेलिया : ६ हजार ०७५
जर्मनी : ५ हजार ९१६
फ्रान्स : ५ हजार २७१
बंगलादेश : ४ हजार २९२
श्रीलंका : २ हजार ५०७
इटाली : २ हजार ४६७

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)
१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न