टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
१३३ पटक हेरिएको
Shares
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत

सारांश

  • टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् ।
  • २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ ।
  •   न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ ।

 

२४ फागुन, काठमाडौं ।

टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ ।  न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ ।

टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ । यसैगरी, भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ । फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?