सभापति कपको फाइनल पुग्न एनआरटी र बागमती भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सभापति कपको फाइनल पुग्न एनआरटी र बागमती भिड्दै

सारांश

  • यी दुई टिमबीचको सेमिफाइनल प्रतिस्पर्धा अपरान्ह साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।
  • जारी प्रतियोगितामा बागमतीमा विकेश कुथु तथा एनआरटीमा अञ्जन विष्ट कप्तान छन् ।
  • क्वाटरफाइनलमा बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ ले हराएको थियो ।

१५ माघ, काठमाडौंमा जारी सभापति कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश र न्युरोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्दै छन् ।

यी दुई टिमबीचको सेमिफाइनल प्रतिस्पर्धा अपरान्ह साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । जारी प्रतियोगितामा बागमतीमा विकेश कुथु तथा एनआरटीमा अञ्जन विष्ट कप्तान छन् । क्वाटरफाइनलमा बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ ले हराएको थियो । एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो । उक्त खेलमा कप्तान अञ्जन विष्टले २ गोल गरे । उनी सेमिफाइनलमा पनि आफ्नो सानदार लय कायम राख्न चाहन्छन् ।

आजको विजेताले बिहीबार उपाधिका लागि संकटा क्लबको सामना गर्नेछ । संकटाले सोमबार पहिलो सेमिफाइनलमा मछिन्द्र क्लबविरुद्ध सडनडेथमा ८–७ को जित निकाल्दै फाइनलको यात्रा गरेको थियो ।  प्रतियोगिताको उपाधि विजेताले नगद २६ लाख तथा उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, ज*लेर एक जनाको मृ*त्यु
कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, ज*लेर एक जनाको मृ*त्यु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट
म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त
म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...