सभापति कपको फाइनल पुग्न एनआरटी र बागमती भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सभापति कपको फाइनल पुग्न एनआरटी र बागमती भिड्दै

सारांश

  • यी दुई टिमबीचको सेमिफाइनल प्रतिस्पर्धा अपरान्ह साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।
  • जारी प्रतियोगितामा बागमतीमा विकेश कुथु तथा एनआरटीमा अञ्जन विष्ट कप्तान छन् ।
  • क्वाटरफाइनलमा बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ ले हराएको थियो ।

१५ माघ, काठमाडौंमा जारी सभापति कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश र न्युरोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्दै छन् ।

यी दुई टिमबीचको सेमिफाइनल प्रतिस्पर्धा अपरान्ह साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । जारी प्रतियोगितामा बागमतीमा विकेश कुथु तथा एनआरटीमा अञ्जन विष्ट कप्तान छन् । क्वाटरफाइनलमा बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ ले हराएको थियो । एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो । उक्त खेलमा कप्तान अञ्जन विष्टले २ गोल गरे । उनी सेमिफाइनलमा पनि आफ्नो सानदार लय कायम राख्न चाहन्छन् ।

आजको विजेताले बिहीबार उपाधिका लागि संकटा क्लबको सामना गर्नेछ । संकटाले सोमबार पहिलो सेमिफाइनलमा मछिन्द्र क्लबविरुद्ध सडनडेथमा ८–७ को जित निकाल्दै फाइनलको यात्रा गरेको थियो ।  प्रतियोगिताको उपाधि विजेताले नगद २६ लाख तथा उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
लिग २ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
लिग २ : स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
बाजुराको दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै
बाजुराको दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे