विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ९, २०८३
|
|
२२२ पटक हेरिएको
Shares
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

सारांश

  •   पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएकाे छ ।
  • सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं मंगलबार ल्याइएको हाे ।
  • प्रहरी नियन्त्रणमा रहेका पौडेलमाथि जारी अनुसन्धानको सिलसिलामा उनलाई विभागमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

९ असार, काठमाडौँ । 

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएकाे छ । सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं मंगलबार ल्याइएको हाे । प्रहरी नियन्त्रणमा रहेका पौडेलमाथि जारी अनुसन्धानको सिलसिलामा उनलाई विभागमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।  सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरिएको छ ।

विभागनिकट स्रोतका अनुसार पौडेलमाथि गरिएको अनुसन्धान उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतसँग सम्बन्धित छ । शंकास्पद आर्थिक गतिविधि र सम्पत्तिको स्रोतबारे छानबिन गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ । सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि ललितपुरकाे भैँसेपाटीस्थित उनको निवासमा प्रहरीले छापा पनि मारेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री