लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
३० पटक हेरिएको
Shares
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री

सारांश

  • बिहीबारबाट सुरु भएको दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा रहेको सगरमाथाको अर्को नाम नभएको जिकिर गरेका छन्।
  • उनले सगरमाथाको अर्को नाम नभएको बताएका हुन्।
  • उनले भने, ‘सगरमाथाको अंग्रेजी नामै सगरमाथा हो।

१८ वैशाख,  मोरङ –

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गरेका छन्। बिहीबारबाट सुरु भएको दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा रहेको सगरमाथाको अर्को नाम नभएको जिकिर गरेका छन्। उनले सगरमाथाको अर्को नाम नभएको बताएका हुन्। उनले भने, ‘सगरमाथाको अंग्रेजी नामै सगरमाथा हो। सगरमाथालाई नै माउन्ट एभरेष्ट पनि भनिन्छ। तर सो नाम नक्कली हो।’ प्रधानमन्त्री ओलीले भने, ‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो। हामी सबैले यसलाई समगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्काे हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा।’ त्यसैगरी, सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोशी प्रदेश पर्यटनका लागि प्रचुर संभावना बोकेको प्रदेश भएको बताए। प्रदेशमा पर्यटकीय क्षेत्र पर्याप्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले पर्यटनमा लगानी गर्न सकिनेमा जोड दिए।

त्यसैगरी, उनले लगानी सम्मेलनले प्रदेशको आर्थिक सम्बृद्धिको ढोका खुला गर्ने बताए। सम्मेलनबाट प्रदेशसंगै मुलुकमा लगानीमैत्री वातावरण रहेको बताउँदै उनले मुलुकमा लगानीको लागि अनुकूल बातावरण रहेको दाबी गरे। औद्योगिक क्षेत्र रहेको प्रदेशमा उद्योगसंग जोडिएर काम गर्न सक्दा उत्पादित सामाग्रीको बजारीकरणमा समेत कुनै समस्या नहुने उनको भनाई छ। उनले यस प्रदेशको कुनैपनि क्षेत्रमा लगानी गर्न समस्या नहुने बताए। उनले भने, ‘यहाँ उत्पादित बस्तुलाई भारतसंगै नजिकै बंगलादेशसम्म सहज पुराउन सकिनेछ। सडक सञ्जाल र यातायातको पहुँच सहज छ। ऋायात निर्यातमा समेत सहजता रहेको छ। यस्तो अवस्थामा लगानी गर्दै प्रतिफल लिन समेत सकिनेछ।’ दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताएका थिए। मुख्यमन्त्री कार्कीले प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झट अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानु अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिए। उनले कोशी प्रदेश लागनी सम्मेलनलाईलिएर निजी क्षेत्र उत्साहित रहेको दाबी गरे। लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी
चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी
काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ
काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार
बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार
जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन