Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरेका छन् ।
  • सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको बताएका हुन् ।
  • ‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ ।

 

१६ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरेका छन् । सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको बताएका हुन् ।

‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यको भूमिका प्रभावकारी र अनुकरणीय रहनेछ,’ खड्काले भने, ‘संख्याको हिसाबले हामी कम भएपनि नेपाली लोकतान्त्रिक इतिहासको सिंगो धरोहर बोकेर तपाईँहरू संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।’ संसदीय गतिविधिमा रहँदा देश र जनताका पक्षमा प्रखर रूपमा प्रस्तुत हुन उनले नव निर्वाचित सांसदहरूलाई आग्रह गरे । ‘कानुन निर्माणको सन्दर्भ, नेपाली जनताको हक अधिकारको सन्दर्भमा हामीले वर्षौँको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा र जनताको अधिकारको सन्दर्भमा तपाईँहरू प्रखर रूपमा प्रस्तुत हुनुहुनेछ,’ उनले भने ।

संसद् बाहिर रहेका संसद्को अनुभव लिएका नेता सधैँ सांसदको साथमा रहने उनले बताए । उनले भने, ‘सबै खालको सहयोग, सद्भाव, सुझाव र शुभकामना सधैँ रहनेछ । तपाईँहरुले सम्झेको बेलामा हामी प्रस्तुत हुनेछौँ ।’ संसदीय प्रतिस्पर्धा, प्रस्तुति र देश तथा जनताको पक्षमा सुदृढ रूपमै प्रस्तुत रहन सांसदहरूसँग नेता खड्काले आग्रह गरे । यसअघिको सरकार बनाउँदा संविधान संशोधनलाई मूल मुद्दा बनाएपनि त्यसमा अघि बढ्न नसकेको बताउँदै अब संविधान संशोधनका पक्षमा उभिन पनि उनले आग्रह गरे । ‘संविधानका मूलभूत विषयमा सम्झौता नगरीकन संविधान संशोधनको बहसमा जुट्नुहोस् । संसद्भित्र तपाईँ बाहिर हामी सँगसँगै रहनेछौँ,’ नेता खड्काले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा भारी वर्षा : न्युयोर्क र न्युजर्सीमा आपत्‌काल घोषणा
अमेरिकामा भारी वर्षा : न्युयोर्क र न्युजर्सीमा आपत्‌काल घोषणा
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित
मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश