नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य, कप्तान पूजाको ब्याटिङले राहत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
४७ पटक हेरिएको
Shares
नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य, कप्तान पूजाको ब्याटिङले राहत

सारांश

  • टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले १८.
  • ५ ओभरमा अलआउट हुनुअघि ७३ रन बनाएको हो ।
  • नेपालका लागि कप्तान पूजा महतोले २७ रनको योगदान गरिन् ।

७ माघ, काठमाडौँ

मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले १८.५ ओभरमा अलआउट हुनुअघि ७३ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले २७ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४३ बलको सामना गरी तीन चौका पनि हिकाइन् । ओपनर सावित्री धामीले पनि ११ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् ।

अर्की ओपनर साना प्रविण भने एक रनमै पेभेलियन फर्किएकी थिइन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी ज्योत्सनिका मरासिनी पनि चार रनभन्दा अगाडि बढ्न सकिनन् । पाँचौँ नम्बरकी ब्याटर किरण कुँवर पनि चार रन बनाउँदै पेभेलियन फर्किइन् ।  करिष्मा गुरुङले टोलीको खातामा केवल दुई रन थपिन् । सिमान केसी पनि एक रन बनाउँदै आउट भइन् । विकेटकिपर ब्याटर एलिसा यादव पनि तीन रनभन्दा अगाडि बढ्न सकिनन् । अनु कडायतले अविजित पाँच रन जोडिन् । रचना चौधरी खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् ।

रिया शर्मा दुई रन बनाउँदै आउट भइन् । नेपालले १७ औँ ओभरमा लगातार तीन विकेट गुमाएको थियो । ती तीनवटै विकेट स्कटल्यान्डकी बलर माइसी मासिराले लिएकी थिइन् । उनले समग्रमा पाँच विकेट कुम्ल्याइन् । उनले ३.५ ओभरमा १५ रन खर्चिइन् । नायमा शेख र एमी बल्डीले पनि दुई–दुई विकेट हात पारे । क्रिस्टी म्याकोलले एक विकेट लिइन् । नेपालले अतिरिक्त रुपमा पनि १४ रन पायो ।  जारी विश्वकपमा नेपाल र स्कटल्यान्डले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा यी दुबै टोली पराजित भएका थिए ।

नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । स्कटल्यान्ड भने आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो । त्यसैले सोमबारको खेल नेपाल र स्कटल्यान्ड दुबैका लागि निकै महत्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोलीको ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।  समूह ‘डी’ तालिकामा दुई जितबाट चार अंक हात पारेको अस्ट्रेलिया पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको बंगलादेश दुई अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलेको नेपाल तेस्रो र समान खेल खेलेको स्कटल्यान्ड अंकविहीन रहँदै चौथो स्थानमा आसिन छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै
जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै
दरबारमार्गमा भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा
दरबारमार्गमा भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
कावासोती नगरपालिकामा तोडफोड
कावासोती नगरपालिकामा तोडफोड
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी
असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो
असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो