Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर ड्रोन प्रयोगमा अस्थायी रोक लगाएको छ।
  • कार्यालयले एक जरुरी सूचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय बाहेक अन्य कुनै निकाय, संघ–संस्था वा व्यक्तिबाट सञ्चालन हुने ड्रोन प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको हो ।
  • सूचनाअनुसार उक्त प्रतिबन्ध फागुन १८ गतेदेखि लागू भई मतगणना सम्पन्न नहुँदासम्म कायम रहनेछ ।

 

१७ फागुन,काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर ड्रोन प्रयोगमा अस्थायी रोक लगाएको छ। कार्यालयले एक जरुरी सूचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय बाहेक अन्य कुनै निकाय, संघ–संस्था वा व्यक्तिबाट सञ्चालन हुने ड्रोन प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचनाअनुसार उक्त प्रतिबन्ध फागुन १८ गतेदेखि लागू भई मतगणना सम्पन्न नहुँदासम्म कायम रहनेछ ।

 

 

निर्वाचन अवधिमा अनधिकृत ड्रोन उडानले सुरक्षा चुनौती सिर्जना गर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ ।  बद्रीनाथ गैह्रे, प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा प्रतिबन्धको उल्लंघन गरी कसैले ड्रोन प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारवाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासनले सबै संघ–संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न अनुरोध गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री
विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित