कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु

सारांश

  • पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहान चोकमा ‘ओभरपास’ निर्माण सुरु भएको छ।
  • ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले यो निर्माणको जिम्मा लिएको छ।
  • सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६.

 

२४ वैशाख, कञ्चनपुर।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहान चोकमा ‘ओभरपास’ निर्माण सुरु भएको छ। ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले यो निर्माणको जिम्मा लिएको छ। सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६.८३ किलोमिटर लामो सडकको पश्चिम (सिरहा) खण्डमा बलानदेखि कमलासम्मको ४७ किलोमिटरमा ६२ प्रतिशत काम सम्पन्न भएको छ। लहान चोकको सहिद स्मारक हटाएपछि ‘ओभरपास’ निर्माण सुरु भएको हो।

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिरहा) का सूचना अधिकारी सरोज कोइरालाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ३२ मिटर चौडा दुई ‘ओभरपास’ निर्माण हुने बताए। मिर्चैया चोकमा पनि ‘ओभरपास’ निर्माण सुरु भएको छ। यो सडक खण्डमा पाँच ‘अण्डरपास’ पनि बन्नेछन्। लहानमा ‘अण्डरपास’ निर्माण तीव्र गतिमा भइरहेको छ। आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रुपैयाँ छ। पूर्वी खण्ड (सप्तरीको कञ्चनपुरदेखि कुशहासम्म ३९ किलोमिटर) को स्तरोन्नतिका लागि ७ अर्ब २७ करोडमा ठेक्का लागेको छ। यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको कोइरालाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?