सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना

सारांश

  • नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • उक्त प्रभावका कारण आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ।
  • दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने, मधेस लगायतका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

१६ कात्तिक, काठमाडौं ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने, मधेस लगायतका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि ती प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशहरूमा भने मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?