पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना

सारांश

  • नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • उक्त प्रभावका कारण आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ।
  • दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने, मधेस लगायतका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

१६ कात्तिक, काठमाडौं ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने, मधेस लगायतका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि ती प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशहरूमा भने मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?