गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २३, २०८०
|
|
६९ पटक हेरिएको
Shares
गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन

सारांश

  • बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ ।
  • रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ ।
  • बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मंगलबार रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

२३ माघ, चितवन । बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ ।

रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मंगलबार रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणको पहिलो चरणको कामका लागि टेण्डर आह्वान गर्ने अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि सम्पूर्ण डकुमेन्ट र अरु प्रक्रिया पूरा गरिएको उनको भनाइ छ । रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने भरतपुर महानगरपालिकाले गर्ने सहमति छ । महानगरले संघीय सरकारसँग पनि रंगशालाको बाँकी कामका लागि रकम माग गरेको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए ।

धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । फाउण्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) परिमार्जन गरी केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको उनको भनाइ छ । डीपीआर नयाँ निर्माण संहिता अनुसार परिमार्जन गरिएको र यसअघि निर्माण भइसकेका संरचनाको लोड थेग्ने क्षमताको समेत जाँच गरिएको अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह
निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै
देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल