रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३० पटक हेरिएको
Shares
रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापतिलगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन् ।
  • नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने अब केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनले उनको ठाउँमा नयाँ व्यक्तिलाई सभापति बनाउन माग गरेका हुन् ।
  • मुख्य पदहरु रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसिने भन्दै उनले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् ।

१० जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापतिलगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन् । नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने अब केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनले उनको ठाउँमा नयाँ व्यक्तिलाई सभापति बनाउन माग गरेका हुन् ।

मुख्य पदहरु रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसिने भन्दै उनले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् । पार्टीका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री, सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरुको पनि पूर्ति गर्न भनेका छन् ।यसका साथै संसदीय दलको नेता चयन गर्ने, सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने, शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वायत्त प्रकृतिका रहने,

०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउन पनि उनले माग गरेका छन् ।न्यौपानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गर्ने र त्यसका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्नु पर्ने विषय पनि उठाएका छन् । न्यौपाने रास्वपामा यसअघि अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । महाधिवेशन हुने भनेपछि महामन्त्रीमा आकांक्षी भएर उनले राजीनामा दिएका थिए । अहिले रास्वामा सभापति, महामन्त्री, सहमहामन्त्री पद रिक्त छन् । अहिले कार्यवाहकले चलाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं
सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
शिक्षकद्वारा काठमाडौँमा प्रदर्शन जारी
शिक्षकद्वारा काठमाडौँमा प्रदर्शन जारी
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
१४ डीएसपीको काज सरुवा, को कहाँ ?
१४ डीएसपीको काज सरुवा, को कहाँ ?