प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान

सारांश

  • चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।
  • प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे ।
  • प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।

२० मंसिर, बेइजिङ ।

चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका एवं द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको  प्रमाणपत्र आदानप्रदान भएको छ ।

यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ । यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि दुई शीर्ष नेताबीच कुराकानी भएको जनाइएको छ । यसैबीच, प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी
नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
लागू औषधसहित चार जना पक्राउ
लागू औषधसहित चार जना पक्राउ
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
भारत र पाकिस्तानबीच आज वार्ता
भारत र पाकिस्तानबीच आज वार्ता