केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू

सारांश

  • नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
  • एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
  • यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।

२० कात्तिक, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।

आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गरेका छन् । यद्यपि झांक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएनन् । झांक्री र श्रेष्ठसहितका नेताहरूले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू एमालेमा फर्कनसक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?