जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

सारांश

  • जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ ।
  • जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ ।
  • उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ ।

 

२९ मंसिर, जनकपुर ।

जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ । उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ ।

जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको संख्याले पैदलयात्रुसहित अन्य वाहनहरुलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए । उनले आइतबारदेखि चोकहरुमा माइकिङ्ग गरेर दर्ता नभएका टेम्पु, ई–रिक्सालाई परिक्रमा सडक तथा सडक भित्र प्रवेश निषेध गरिएको बारे जानकारी गराउन सुरु गरिएको बताए । उनका अनुसार उपमहानगरको निर्देशन विपरित कुनै ई–रिक्साले नगरभित्र प्रवेश गरेमा २ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ