एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?

सारांश

  • सत्तरुढ नेकपा एमालेको सचिवालय वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।
  • एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको ठहर गरेको हो ।
  • बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्वपूर्ण भएको बताए।

 

२५ मंसिर, काठमाडौं । सत्तरुढ नेकपा एमालेको सचिवालय वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको ठहर गरेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्वपूर्ण भएको बताए। वैठकले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको ठहर गरेको छ । उपमहासचिव ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोले सन्तोषजनक रहेको बताए । तर काठमाडौं– १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए । उनले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानु पर्ने निष्कर्ष पार्टीले निकालेको उनले जानकारी दिए ।

 

एमालेले २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा जुन ठाउँमा एउटा पार्टीले जितेको हो,  अहिले उपनिर्वाचनमा अर्कोले जितेको भन्दै उनले जनमत परिवर्तन हुनुमा जनप्रतिनिधिको कामको मूल्यांकन समेत जोडिएको बताए ।यस्तै परराष्ट्र मन्त्रालयले आजै नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ। मन्त्रालयले वेबसाइटमार्फत सम्झौता सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआई कार्यान्वयन सम्झौतापत्रको कपी मंगलबार सार्वजनिक भएको हो।

फ्रेमवर्कमा १० वटा परियोजना समावेश गरिएको छ । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा सिमिकोट सडक, किमाथांका खाँदबारी सडक तथा पुल चाइना–नेपाल क्रश बोर्डर रेल्वे प्रोजेक्ट, डडेल्धुराको अमरगढी सिटी हल, जिलोङ–रसुवागढी–चिलिमे २२० केभी प्रशारण लाइन, मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटी, काठमाडौं साइन्टिफिक सेन्टर तथा साइन्स म्युजियम, चाइना–नेपाल फ्रेन्डशिप पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
मंलबार कस्तो छ विदेशी मुद्राको विनिमयदर?
मंलबार कस्तो छ विदेशी मुद्राको विनिमयदर?
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय