आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अब बहस मात्र नभएर एक्सन लिने समयको आएको बताएका छन् ।
  • काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले अब विमर्शबाट अघि बढेर ठोस कार्यान्वयनमा जाने बेला भएको बताएका हुन् ।
  • थापाले अहिले आईटी क्षेत्रबारे संसद्‍देखि राजनीतिक दलको एजेन्डा र संचारमाध्यमहरूमा निकै बहस भइरहेको उल्लेख गर्दै भने, ‘सञ्चार गृहले लेख, अन्तर्वार्ता र कार्यक्रममार्फत आईटी क्षेत्रमा निरन्तर विमर्श चलाइरहेका छन् ।

९ असार, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अब बहस मात्र नभएर एक्सन लिने समयको आएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले अब विमर्शबाट अघि बढेर ठोस कार्यान्वयनमा जाने बेला भएको बताएका हुन् ।

थापाले अहिले आईटी क्षेत्रबारे संसद्‍देखि राजनीतिक दलको एजेन्डा र संचारमाध्यमहरूमा निकै बहस भइरहेको उल्लेख गर्दै भने, ‘सञ्चार गृहले लेख, अन्तर्वार्ता र कार्यक्रममार्फत आईटी क्षेत्रमा निरन्तर विमर्श चलाइरहेका छन् । संसद्‍मा समेत बहस सुन्दा सकारात्मक अनुभूति हुन्छ । तर बहस वरपर मात्रै घुमिरह्यौँ भने हामी कहीँ पुग्दैनौँ । अब एक्सन लिने समय आएको छ ।’ थापाकाअनुसार सूचना प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिहरू निकै प्रेरणादायी छन् । रोजगारी सिर्जना, सेवा निर्यातमा अघि छ । कुनै संरचना वा संस्थामा नबसी पनि युवा उद्यममा होमिएका छन् । थुप्रै स्टार्टअप कम्पनी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेका छन् ।

तर, यी कुरामात्र हेरेर अति उत्साही हुन नहुने पनि थापाले बताए । हाम्रा कमजोरीहरू पनि मूल्यांकन गर्न आवश्यक छ । ‘ग्लोबल र्‍यांकिङमा हेर्दा नेपालभन्दा तल जम्मा ५०–६० वटा देश मात्रै छन् । यो तथ्यले हामीलाई अझ धेरै मिहिनेत गर्नुपर्ने देखाउँछ,’ उनले भने ।थापाले समग्र मूल्यांकन गर्दा आईटी क्षेत्रमा ‘आजसम्म धेरै काम गरियो, तर अझ धेरै गर्न सकिन्थ्यो’ भन्ने बुझ्न आवश्यक रहेको बताए । त्यसैले अब यो क्षेत्रको विकासमा अझै ढिलो गर्‍यौं भने पछुताउनुको विकल्प नहुने बताउँदै थापाले भने, ‘अब पनि ढिला गर्‍यौं भने हामी चुक्ने छौँ । एक्सनमा जान अब ढिलो गर्नु हुँदैन । समय यही हो । काम गर्नैपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी