Press 4K
शनिबार, ९ श्रावण २०८३

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
२५३ पटक हेरिएको
Shares
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

सारांश

  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ।
  • सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको यस समितिको बैठकले संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको गठन गरेको हो ।
  • समितिकी सभापति जयन्ती राईले बैठकले महत्वपूर्ण निष्कर्ष निकालेको बताइन्।

 

७ वैशाख,काठमाडौं ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ। सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको यस समितिको बैठकले संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको गठन गरेको हो ।

समितिकी सभापति जयन्ती राईले बैठकले महत्वपूर्ण निष्कर्ष निकालेको बताइन्। उनका अनुसार आज गठन भएको संघीयता सबलीकरण उपसमितिमा सांसद श्रीकृष्णप्रसाद अधिकारी संयोजक रहेका छन् भने सदस्यमा सांसद उदयबहादुर बोहरा, सांसद किरणबाबु श्रेष्ठ र सांसद सोनाम गेल्जेन शेर्पा रहेका छन्। यस उपसमितिको कार्यक्षेत्र राज्यका तहगत संरचनाबीच समन्वय गर्ने रहेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिमा सांसद विष्णुकुमारी सापकोटा संयोजक रहेकी छन्। सदस्यमा सांसद नारायणदत्त मिश्र, सांसद दुर्गाकुमारी गुरुङ र सांसद ललितजंग शाही रहेको सभापति राईले जानकारी दिइन् ।

उनका अनुसार सामाजिक न्याय उपसमितिमा सांसद रोशनी मेचे संयोजक रहेकी छन् भने सदस्यमा सांसद धमेन्द्र पासवान र सांसद मनरुपा शर्मा रहेका छन्। यस उपसमितिमा पछि थप सदस्यसमेत समावेश गरिने सभापति राईले जानकारी दिइन्। राईका अनुसार समितिका कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन, अनुगमन तथा तहगत विषयमा छलफल गर्न कार्ययोजना बनाइँदैछ। आगामी १० गते विपद् व्यवस्थापन र साइबर बुलिङका विषयमा छलफल गर्न गृहमन्त्रीलाई पनि बोलाइने तयारी गरिएको छ। किसानका समस्याका सन्दर्भमा खेती सुरु हुनुअघि नै मल, बिउ तथा अन्य आवश्यक विषयमा समेत छलफल अघि बढाइने उनले बताइन्।

‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका थुप्रै कार्यक्षेत्रहरु रहेका छन् । त्यही कार्यक्षेत्र अन्तर्गत त्यसमा स्थलगत अध्ययन, अनुगमन र तहगत विषयमा हामीले छलफल गर्नको निम्ति कार्ययोजनाहरु बनाइरहेका छौ । हामी तुरुन्तै विपद् व्यवस्थापन र साइबर बुलिङको बारेमा छलफल गर्न आगामी १० गते गृहमन्त्री पनि आउदै हुनुहुन्छ । किसानहरुको समस्याको सन्दर्भमा खेती गर्नुभन्दा अगाडि नै मल, बिउ लगायत अन्य आवश्यक विषयमा छलफल गर्न त्यो पनि काम गर्दैछौ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलमा नारायणगढ सडक अवरुद्ध
बुटवलमा नारायणगढ सडक अवरुद्ध
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ
करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
कृषि विद्युतीकरणपछि तीन बाली उब्जनी, गाउँपालिकाले तिरिदिन्छ महशुल
कृषि विद्युतीकरणपछि तीन बाली उब्जनी, गाउँपालिकाले तिरिदिन्छ महशुल
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...