चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
४८९ पटक हेरिएको
Shares
चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद

सारांश

  • मोरङको सीमावर्ती क्षेत्र रतुवामाईबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
  • रकम बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुईजना भने मोटरसाइकलसहित फरार भएका छन् ।
  • आइतबार राति रतुवामाई नगरपालिका–२ स्थित घररुचोक नजिक सीमा क्षेत्रमा निगरानी गरिरहेका सशस्त्र प्रहरीको टोलीले शंकास्पद मोटरसाइकललाई रोक्न खोजेको थियो ।

२८ वैशाख, मोरङ ।

मोरङको सीमावर्ती क्षेत्र रतुवामाईबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रकम बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुईजना भने मोटरसाइकलसहित फरार भएका छन् ।आइतबार राति रतुवामाई नगरपालिका–२ स्थित घररुचोक नजिक सीमा क्षेत्रमा निगरानी गरिरहेका सशस्त्र प्रहरीको टोलीले शंकास्पद मोटरसाइकललाई रोक्न खोजेको थियो ।

त्यसक्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूले बोकेको झोला सडक छेउमा फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । फालिएको झोला चेकजाँच गर्दा पाँचसय दरका ४० बण्डल भारतीय नोट फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बरामद रकम २० लाख भारतीय रुपैयाँ रहेको उनले बताए । सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले रकम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । रकम कहाँबाट ल्याइएको हो र के प्रयोजनका लागि ल्याइँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । बरामद रकम आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह घुससहित रंगेहात पक्राउ
कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह घुससहित रंगेहात पक्राउ
फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट
फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
वनका कर्मचारी प्रदेशमै समायोजन हुने
वनका कर्मचारी प्रदेशमै समायोजन हुने
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना