बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २२, २०८१
|
|
३९ पटक हेरिएको
Shares
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक

सारांश

  • बागमती प्रदेशमा आज सर्वदलीय बैठक बोलाइएको छ ।
  • माघ २३ गते बोलाइएको प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको दिउँसो ३ बजे सर्वदलीय बैठक डाकेका हुन् ।
  • प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो ।

२२ माघ, काठमाडौँ ।

बागमती प्रदेशमा आज सर्वदलीय बैठक बोलाइएको छ । माघ २३ गते बोलाइएको प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको दिउँसो ३ बजे सर्वदलीय बैठक डाकेका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो ।

उक्त बैठकमा ३ वटा विधेयक पेस गर्ने भनिएको थियो । तर दलहरूबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थिएन । सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?