Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताउनुभएको छ ।
  • नेपाली कांग्रेस भानु नगरसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताउनुभयो ।
  • पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ छ ।

 

७ जेठ, तनहुँ ।

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भानु नगरसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताउनुभयो । पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ छ ।

कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गर्नुभयो । प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
भारत भ्रमणको तेस्रो दिन आज अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गर्न आह्वान गर्ने
भारत भ्रमणको तेस्रो दिन आज अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गर्न आह्वान गर्ने
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग
लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण
ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण