काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताउनुभएको छ ।
  • नेपाली कांग्रेस भानु नगरसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताउनुभयो ।
  • पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ छ ।

 

७ जेठ, तनहुँ ।

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भानु नगरसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताउनुभयो । पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ छ ।

कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गर्नुभयो । प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?