लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
६४ पटक हेरिएको
Shares
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत

सारांश

  • सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित शिक्षा कार्यालय नजिक रहेको सानो पुलको भ्वाङ परेको भाग हिजो साँझ स्थानीयको पहलमा मर्मत गरिएको छ।
  • लामो समयदेखि पुल जीर्ण बन्दै गएपछि दैनिकजसो सवारी साधन दुर्घटनामा पर्ने अवस्था बनेको थियो।
  • सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय युवा तथा मलंगवा नगर संरक्षण तथा सुधार समिति र वडा अध्यक्ष आफ्नै खर्च र श्रमदानमा हिजो साँझ पुल मर्मत गरेका हुन्।

मलंगवा। सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित शिक्षा कार्यालय नजिक रहेको सानो पुलको भ्वाङ परेको भाग हिजो साँझ स्थानीयको पहलमा मर्मत गरिएको छ। लामो समयदेखि पुल जीर्ण बन्दै गएपछि दैनिकजसो सवारी साधन दुर्घटनामा पर्ने अवस्था बनेको थियो।

सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय युवा तथा मलंगवा नगर संरक्षण तथा सुधार समिति र वडा अध्यक्ष आफ्नै खर्च र श्रमदानमा हिजो साँझ पुल मर्मत गरेका हुन्। साँझपखै भ्वाङ परेको भाग ढलान गरि सम्याइएपछि सवारी आवागमन केही सहज बनेको छ।

स्थानीयका अनुसार पुल बिग्रिएकै कारण मोटरसाइकल र टेम्पोजस्ता सवारी बारम्बार फस्ने र लड्ने गरेका थिए। रातिको समयमा त झन् दुर्घटनाको जोखिम बढी हुने गरेको थियो।

वडा अध्यक्ष धिरेन्द्र साहले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै पुल मर्मत कार्यलाई सहज बनाएको जानकारी दिए। उनका अनुसार, “सम्बन्धित निकायबाट पहल नहुँदा हामीले स्थानीय युवासँग मिलेर तत्काल समस्या समाधान गर्ने निर्णय गरेका हौं। मैले पनि आवश्यक सामग्री खरिदका लागि सहयोग गरेको छु।”

स्थानीयबासीले यो अस्थायी मर्मत भए पनि स्थायी समाधानका लागि सम्बन्धित निकायले छिट्टै ध्यान दिनुपर्ने माग दोहोर्‍याएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली
गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
नेपालमा पहिलो पटक ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने
नेपालमा पहिलो पटक ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने