Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
९५ पटक हेरिएको
Shares
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत

सारांश

  • सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित शिक्षा कार्यालय नजिक रहेको सानो पुलको भ्वाङ परेको भाग हिजो साँझ स्थानीयको पहलमा मर्मत गरिएको छ।
  • लामो समयदेखि पुल जीर्ण बन्दै गएपछि दैनिकजसो सवारी साधन दुर्घटनामा पर्ने अवस्था बनेको थियो।
  • सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय युवा तथा मलंगवा नगर संरक्षण तथा सुधार समिति र वडा अध्यक्ष आफ्नै खर्च र श्रमदानमा हिजो साँझ पुल मर्मत गरेका हुन्।

 

मलंगवा। सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित शिक्षा कार्यालय नजिक रहेको सानो पुलको भ्वाङ परेको भाग हिजो साँझ स्थानीयको पहलमा मर्मत गरिएको छ। लामो समयदेखि पुल जीर्ण बन्दै गएपछि दैनिकजसो सवारी साधन दुर्घटनामा पर्ने अवस्था बनेको थियो।

सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय युवा तथा मलंगवा नगर संरक्षण तथा सुधार समिति र वडा अध्यक्ष आफ्नै खर्च र श्रमदानमा हिजो साँझ पुल मर्मत गरेका हुन्। साँझपखै भ्वाङ परेको भाग ढलान गरि सम्याइएपछि सवारी आवागमन केही सहज बनेको छ।

स्थानीयका अनुसार पुल बिग्रिएकै कारण मोटरसाइकल र टेम्पोजस्ता सवारी बारम्बार फस्ने र लड्ने गरेका थिए। रातिको समयमा त झन् दुर्घटनाको जोखिम बढी हुने गरेको थियो।

वडा अध्यक्ष धिरेन्द्र साहले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै पुल मर्मत कार्यलाई सहज बनाएको जानकारी दिए। उनका अनुसार, “सम्बन्धित निकायबाट पहल नहुँदा हामीले स्थानीय युवासँग मिलेर तत्काल समस्या समाधान गर्ने निर्णय गरेका हौं। मैले पनि आवश्यक सामग्री खरिदका लागि सहयोग गरेको छु।”

स्थानीयबासीले यो अस्थायी मर्मत भए पनि स्थायी समाधानका लागि सम्बन्धित निकायले छिट्टै ध्यान दिनुपर्ने माग दोहोर्‍याएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’
‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’
इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य
इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित