Press 4K
शनिबार, ९ श्रावण २०८३

३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२२४ पटक हेरिएको
Shares
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

सारांश

  • नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ ।
  • गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो ।
  • यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।

 

८ वैशाख,काठमाडौं ।

नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ ।

गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरीमहानगरको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।

बैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिइन् । ‘बसपार्कको समस्यासँगै ठमेल लगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनि प्रदूषणले असर गरेको, स्पालगायतका व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण बिग्रिएको, छात्रा बास सञ्चालकबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेका छन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आफ्ना आफ्नै क्षेत्राधिकार छन् । एकै पटक अनुगमन जाने र आफ्ना आफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउनेछ,’ उनको भनाइ थियो । बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानु पर्ने बताताए । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेहरूको सङ्ख्यामा कमी आएको बताए । ठमेल क्षेत्रको सामाजिक अवस्थाको कुरा गर्दै थापाले निषेधित काम गर्ने २० जना विदेशी महिलालाई डिपोट गरिएको जानकारी दिँदै अपराधमाथिको निगरानी जारी रहेको बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनु पर्ने बताए । सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउन्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका विषयमा बैठक केन्द्रित थियो । यसमा पनि महानगरले जारी गरेका सूचना तथा पटक पटक भएका सहमति तथा निर्णय विपरीत बसपार्क क्षेत्र बाहिरबाट यातायात सेवा सञ्चालन भइरहेकोमा यसको नियन्त्रण र व्यवस्थापनको विषय विश्लेषण भएको थियो । प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौँमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको शाहको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
एक करोड ८६ लाखको औषधिसहित वीरगञ्जबाट दुई ट्रक नियन्त्रणमा
एक करोड ८६ लाखको औषधिसहित वीरगञ्जबाट दुई ट्रक नियन्त्रणमा
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ १८ असारमा
पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन: प्रचण्ड
पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन: प्रचण्ड
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
त्रिशूलीमा खस्यो ट्रक : चालकको मृत्यु, सहचालक घाइते
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा ७ दिन हिरासतमा रहने

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...